रविन्द्र ढाँटलाई दुर्गाथली गाउँपालिकाले १ लाख ११ हजार सहयोग 

धनगढी- रविन्द्र ढाँटलाई बझाङको दुर्गाथली गाउँपालिकाले एक लाख ११ हजार सहयोग गर्ने भएको छ । पहिलो पटक म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेका रविन्द्रलाई गाउँपालिकाले सम्मान स्वरुप एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग घोषणा गरेको हो । एमएमए फाइटर रविन्द्र ढाँटले साविक विजेता चोङ्गरेन्ग कोरेनलाई पराजित गर्दै उपाधि जितेका थिए ।

भारतको नोएडामा शनिवार भएको बान्टमवेट श्रेणीमा भएको उक्त भिडन्तमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा बनाउन सफल भएका हुन्।

Navadurga sun

ढाँटको यो व्यावसायिक करिअरको नवौँ खेल हो, जहाँ उनले आठ खेल जितेका छन्। उनले यो उपाधि प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन्। दिविज नेपाली एमएमएको अग्रणी व्यक्तित्व हुन्। उनी नेपाल वारियर्स च्याम्पियनशिप (एनडब्लुसी) का संस्थापक पनि हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...