

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका २ मा रहेको सत्यवती एकेडेमीले राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) को कक्षा १२ को परिक्षामा तेस्रोपटक लगातार १०० प्रतिशत नतिजा ल्याउँदै शैक्षिक उत्कृष्टताको कीर्तिमान कायम गरेको छ ।


२०८२ सालको तेस्रो ब्याचले सबै विद्यार्थी उत्तीर्ण गर्दै विद्यालयको गौरव थप बढाएको हो । विद्यालयले यो सफलता विद्यार्थीहरूको कठोर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगको परिणाम भएको जनाएको छ ।



विद्यालयकी प्रिन्सिपल यसोदा ध्याडी कडायतले भनिन्, “शिक्षक र विद्यार्थीको दृढ प्रयास र अनुशासनले आज हामी यो सम्मानित स्थानमा पुग्न सफल भएका छौं । हामी सम्पूर्ण टिमप्रति गर्व गर्छौं ।”
आज प्रकाशित भएको नतिजा अनुसार विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने केही प्रमुख विद्यार्थीहरू निम्न प्रकार रहेका छन्:
– रबिन्द्र धामीले ३.८५ जीपीए
– पूर्णिमा भट्टराईले ३.८० जीपीए
– जीवन भट्टले ३.७६ जीपीए
– पवित्रा बोहराले ३.७५ जीपीए
– समिर मडैले ३.६८ जीपीए
त्यस्तै जम्मा विवरणमा A+जीपीए ल्याउनेमा ५ जना, A जीपीए ल्याउने २५ जना र B+ जीपीए ल्याउने १० जना रहेका छन् । विद्यालय प्रशासनले यो सफलता भविष्यमा अझ सशक्त शैक्षिक उपलब्धिका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेको छ।





