बाजुराको बडीमालिका मेलामा सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

धनगढी- बाजुराको बडीमालिकामा साउन २१ गते देखि सुरु हुने मेलामा नेपाली सेनाको निःशुल्क शिविर आयोजना गर्ने भएको छ । ईश्वरीबक्स गुल्म बाजुराले मेलाको अवसरमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

उच्च स्थानमा रहेको बडीमालिका क्षेत्रमा लेक लाग्ने अक्सिजनको मात्र कम हुने भएकोले यस्ता बिरामीहरूको आकस्मिक उपचारका लागि सेनाले शिविर आयोजना गर्न लागेको ईश्वरीबक्स गुल्म बाजुराका गुल्म पती सेनानी कृष्ण तिमिल्सेनाले बताए। मेलामा अक्सिजन सहितको स्वास्थ्य शिविर सँगै नेपाली सेनाको हेलिकोप्टर समेत तयारी अवस्थामा राखिने उनले बताए।

Navadurga sun

सेनाले बाटोमा हिँड्ने पैदल यात्रीका लागि बाटो सम्बन्धी जानकारी खानेपानीको व्यवस्थापन, अस्थायी शौचालय व्यवस्थापन लगायत संरचना निर्माण गरेको छ। बडीमालिकामा हरेक वर्ष जनैपुर्णिमा अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीको दिन अर्थात् साउन २३ गते मेला लाग्दै छ। मेलाका लागि भक्तजनहरू एक हप्तादेखि हिँड्न थालिसकेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...