कञ्चनपुरमा अनुमति बिना चित्तल पालेको आरोप, छानबिन गर्न वन कार्यालयको पत्र 

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अनुमति बिना चित्तल पालेको आरोपमा डिभिजन वन कार्यालय कञ्चनपुरले छानबिन गर्न पत्र पठाएको छ ।

Navadurga sun

कार्यालयले वाणी सब डिभिजन वन कार्यालयलाई तत्काल घटनास्थलमा गई जाँचबुझ गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार वन्यजन्तु पाल्न अनुमति आवश्यक हुन्छ । तर, नगरपालिकाले छुट्टै खोर बनाएर विगत एक वर्षदेखि दुई वटा चित्तल पाल्दै आएको र अनुमति नलिएको पाइएको छ ।

नगरपालिकाका एक कर्मचारीका अनुसार चित्तल मेयरले ल्याएका हुन् र स्याहार–सम्भारका लागि कर्मचारी समेत तोकिएको छ । तर, पालिकाका सूचना अधिकारी प्रेम बोगटीले घाइते चित्तललाई उपचारका लागि ल्याएको र पाल्ने उद्देश्य नभएको दाबी गरेका छन् । उनका अनुसार केही समयपछि चित्तललाई जंगलमा छोड्ने तयारी छ ।

डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले अनुमति बिना वन्यजन्तु पाल्न कानूनले निषेध गरेको भन्दै, अवैध ठहरिए ऐनअनुसार कारबाही हुने चेतावनी दिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...