लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

कञ्चनपुर- लागूऔषध मुद्दामा फरार कञ्चनपुरका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने ३५ वर्षीय खडक बिष्ट र सोही मुद्दामा १५ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको बेदकोट नगरपालिका–६ बस्ने ३४ वर्षीय सागर सिँह साउँद पक्राउ परेका हुन् ।

Navadurga sun

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...