कञ्चनपुर- कञ्चनपुरमा जुवातास खेलिरहेको अबस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



कञ्चनपुरको भिमदत्त १८ खैरभट्टी जाने बाटो स्थित टहरामा तासखेलीरहेको गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।


उनीहरुबाट नगद रु.२० हजार ९३५ र २ गड्डी तास बरामद गर्नुका साथै सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।





