अनमी पुजारालाई स्वास्थ्यमन्त्री पौडेलको फोन

बैतडी- स्वास्थ्य केन्द्रमा निसासिएर जन्मिएको नवजात शिशुलाई मुखले कृत्रिम श्वास दिएर बचाउने अनमी जानकी पुजारालाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले फोन गरेर धन्यवाद दिएका छन् । बुधबार अपराह्न ५ बजेतिर स्वास्थ्यमन्त्री पौडेलले फोन गरेर धन्यवादसहित कामको उच्च मूल्याङ्कन गरिने आश्वासन दिएको अनमी पुजाराले बताइन् । उनले भन्नुनिन्, “बुधबार बेलुकी ५ बज्न थालेको थियो । म स्वास्थ्य केन्द्रमै थिएँ ।

Ganyapdhura gau

मोबाइलको घण्टी बज्यो । फोन उठाउनेबित्तिकै जानकीजी १ नमस्कार, म स्वास्थ्यमन्त्री प्रदीप पौडेल बोलेको हुँ । तपाईंलाई धन्यवाद छ । हामी तपाईंको कामको उचित मूल्याङ्कन गर्छौं भन्नुभयो । एकछिन त म बोल्नै सकिनँ । उहाँसँग तीन मिनेट जति कुरा भयो । असाध्यै खुसी लागेको छ ।” अनमी पुजारासँग फोनमा कुरा गरेर स्वास्थ्यमन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुक पेजबाट समेत अनमी पुजाराको प्रशंसा गरेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

श्वासप्रश्वासमा जटिल समस्या देखिए पनि भौगोलिक कठिनाइका कारण अस्पताल लैजान नसकिएको शिशुको जीवन रक्षामा भगवानरूपी योगदान दिन सफल बैतडीको सिगास गाउँपालिका–४, को आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारकी अनमी जानकी पुजारासँग फोनमा कुराकानी गरेर धन्यवाद दिएँ । मन्त्री पौडेलले अगाडि लेखेका छन्, “तमाम असहज र कठिनाइका बाबजुद हामीले स्थानीय तहदेखि प्रदेश र सङ्घका स्वास्थ्य संस्थाको सेवा सुधार तथा विस्तारमा यथाशक्य प्रयत्न गरिरहेका छौँ । यस्तोमा नागरिकको जीवन रक्षामा अनवरत खटिइरहने स्वास्थ्यकर्मीको महìवपूर्ण हात छ । सुख र सुविधा नभनी देशको स्वास्थ्य रक्षामा तल्लीन जानकी र अरू धेरै जानकीप्रति मेरो हृदयदेखि नै सम्मान छ । जानकीजी देशलाई साँच्चै तपाईं जस्तै स्वास्थ्यकर्मीको खाँचो छ र तपाईंहरूको योगदानको पक्कै मूल्याङ्कन हुने छ ।”

सिगास गाउँपालिका–४, कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा करार पदमा कार्यरत अनमी जानकी पुजाराले कृत्रिम श्वास दिएर निसासिएर जन्मिएको शिशुको ज्यान बचाउनुभएको हो । सिगास गाउँपालिका–४ की २० वर्षीय लक्ष्मी धामीले गत बिहीबार राति ९ बजेर ३३ मिनेटमा निसासिएको अवस्थामा शिशु जन्माउनुभएको थियो । शिशुले श्वास फेर्न नसकेपछि राति ९स्३० बजेदेखि बिहान ४ बजेसम्म कृत्रिम श्वास दिएर शिशुको ज्यान जोगाउन सफल भएको अनमी पुजाराले बताउनुभयो ।

अनमी पुजारा विगत डेढ वर्षदेखि करार पदमा कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत हनुहुन्छ । स्वास्थ्य केन्द्रमा नवजात शिशुलाई कृत्रिम श्वास दिन कुनै साधन छैन । बिजुलीबत्ती पनि पुग्न सकेको छैन । गाउँपालिकाले एक महिनाअघि सोलार बत्ती दिएपछि त्यसकै उज्यालोको सहाराले प्रसूति सेवा दिइँदै आएको छ ।

स्वास्थ्य केन्द्रमा निसासिएर जन्मिएको नवजात शिशु र सुत्केरी महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य केन्द्रबाट घर फर्किएकी सुत्केरी आमा लक्ष्मी धामीलाई नियमित चेकजाँच गर्न घरमै पुगेर सेवा दिइरहेको अनमी पुजाराले बताइन् । 

Couple
Loading...