धनगढी- कैलालीको बनबेहडाका युवक चार दिनपछि जङ्गलमा मृत फेला परेका छन् । तामा खोज्न जङ्गल गएका टेक बहादुर रोकाया सम्पर्क विहिन भएको ४ दिन पछि मृत फेला परेका हुन् ।






गौरीगंगा नगरपालिका–६ बनबेहडा बिजयनगर टोलका २८ वर्षीय रोकाया तामा (बासकल्ला) खोज्न गएका बेला यही साउन १० गतेदेखि सम्पर्क विहीन भएका थिए ।





बिहान ८ बजे घरदेखि तामा खोज्न दुई जना अन्य व्यक्ति सँगै निस्किएका रोकाया चुरे गाउँपालिका–४ को तल्ला रौला जङ्गलबाट सम्पर्क विहीन भएकोमा मंगलवार सोही ठाउँमा मृत फेला परेका हुन । चुरे गाउँपालिका–४ पनेरुवा शिविर माथी सिताखाली खोलामा घोप्टो परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले बताए ।




