आज कल्की जयन्ती मनाइँदै

प्रत्येक वर्ष श्रावण महिनाको षष्ठी तिथिका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ ।  हिन्दू सनातन धर्मका अनुयायीहरूले भगवान श्री हरि विष्णुको दशौँ अवतार श्री कल्की अवतारको जयन्ती श्रद्धा र भक्ति साथ मनाउने परम्परा रहेको छ । 

धार्मिक ग्रन्थहरू विशेषगरी कल्की पुराण र श्रीमद्भागवत अनुसार, कलियुगको अन्त्यतिर जब अधर्म, पाप, अन्याय, लुटपाट, हत्या-हिंसा अत्यधिक बढ्नेछ, तब सत्य र धर्मको पुनर्स्थापनार्थ भगवान विष्णु कल्की अवतारको रूपमा पृथ्वीमा अवतरित हुनेछन् ।

Navadurga sun

हिन्दू धर्मशास्त्रले कल्की अवतारलाई कलियुगको अन्तिम आशा र सतीयुगको पुनःस्थापना गर्ने शक्ति भनेर वर्णन गरेका छन् । ती नै भगवान श्री कल्की ६४ विद्या तथा गुणले युक्त, महाशक्तिशाली र ब्रह्माण्डका पालनकर्ता जसले समस्त जीव-जगतको उद्धार गर्नेछन् ।

यस पवित्र दिनमा भक्तजनहरूले पूजाआजा, ध्यान, जप-तप, भजन-कीर्तन आदि विधिपूर्वक सम्पन्न गरी कल्की जयन्ती मनाउने चलन छ । यस दिनलाई सत्य, धर्म, र मानव कल्याणको प्रतीक मानिँदै धार्मिक आस्था र श्रद्धासाथ मनाउने प्रचलन हिन्दू समाजमा गहिरो रूपमा जरा गाडेको पाइन्छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...