कैलारीमा गुरहीको स्थानीय बिदा

धनगढी- कैलालीको कैलारी गाउँपालिकामा भोलि स्थानीय सार्वजनिक बिदा दिइएको छ ।

Dadeldhura hospital

थारु समुदायको गुरही पर्वको अवसर पारेर कैलारी गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएको हो । श्रावण शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन थारु समुदायले गुरही पर्व मनाउने गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

यसलाई बालबालिकाको पर्वको रुपमा पनि लिइने गरिन्छ । गुरही पर्व मनाएमा बालबालिकालाई रोगव्याधि नलाग्ने, गाउँघरमा कुनै दैवीय विपत्ति नआउने जनविश्वास रहेको पाइन्छ ।

यो पर्वको अवसरमा दुवै पालिकाको कार्यालय र मातहतका सरकारी कार्यालयहरु, शिक्षण संस्था, विभिन्न सङ्घसंस्थामा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

Loading...