कञ्चनपुरमा अखिल क्रान्तिकारीका नेताहरूबीच हानाहान

कञ्चनपुर- कञ्चनपुरमा माओवादी निकट अखिल क्रान्तिकारीका नेताहरूबीच हानाहान भएको छ । हानाहानपछि सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्ट घाइते भएका छन् । भट्टको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सागर बोहराले बताए ।

उनले भने, ‘ माओवादी निकट नेताहरूबीच हात हालाहाल भएको छ। उनीहरूबीच कुटपिट हुँदा रामचन्द्र भट्टको टाउकोमा सात वटा टाँका लगाइएको छ।’

Navadurga sun

डीएसपी बोहोराका अनुसार घाइते विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पार्टी कार्यालयमा आन्तरिक छलफलका क्रममा कुटपिट भएको डीएसपी बोहोराको भनाइ छ ।

कुटपिट गरेको आरोपमा माओवादीकै कार्यकर्ता कञ्चनपुर वेदकोट नगरपालिका-८ बस्ने भुवन विष्टलाई पक्राउ गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...