सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी सार्ने तयारी भएपछि सामाजिक सञ्जालमा विरोध

अत्तरिया- सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीबाट धनगढी सार्ने तयारी भएपछि गोदावरीमा विरोधको आवाज उठ्न थालेको छ । अघिल्लो प्रदेश सभाको बहुमतले प्रदेशको राजधानी गोदावरी २ र ४ को तेघरीमा तोकेको थियो ।

तर वन क्षेत्र पर्ने भएकाले मुद्दा परेपछि कार्यान्वयन हुन सकेको छैन । वर्सेनि राजधानीको चर्चा हुने गरेको भएपनि राजधानी तोकिएको ठाउँमा एउटा घर सम्म बनेको छैन । प्रदेश सरकारले बजेट नै विनियोजन गर्न छोडेको छ ।

Navadurga sun

प्रदेश सरकारले मुख्यमन्त्री आसपासको क्षेत्रलाई विस्तार गरेर राजधानीको संरचना बनाउने तयारी थालेको जनाएको । बर्खे अधिवेशनमा राजधानी सार्ने विधेकक समेत सरकारले ल्याउने तयारी गरेको छ । अत्तरिया युवा नेता लोकेन्द्र धामीले सामाजिक सञ्जाल फेसबुकमा कडा आपति जनाएका छन् । उनले भनेका छन्, होसीयार गोदावरी घोषणा गरेको प्रदेश राजधानी धनगढी सार्ने दुष्प्रयास भय गोदावरिका आम जनता जस्तोसुकै संघर्ष गर्न तयार छन।

यस्तै नेकपा एमाले गोदावरी नगरकमिटीका अध्यक्ष सन्तोष सिँहले राजधानी सार्ने कुरो आफुहरुलाई मान्य नहुने बताएका छन् । सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्सु, सप प्रदेसको राजधानी धनगढी सार्ने कुरामा हामी कदाबी सहमत हुन सक्दैनौ। राजधानी आकासमा होस् कि पतालमा होस् घोषणा गोदावरिमा दुई तिहाइ बहुमतले गरेको हो। तुरुन्त कार्यान्वयन होस।होइन भने अखण्ड सुप आन्दोलनको झल्को नेकपा एमाले गोदावरीले दिने छ। नागरिक स्तरको अभियान चलाइरहेका जय गोदावरी अभियानले पनि प्रदेश राजधानीको बारेमा सबै पक्ष संग छलफल गर्ने भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...