अत्तरियामा नेपाल प्रहरीले भोगचलन गर्दै आएको जग्गामा नेपाली सेनाले तारबार गर्न खोजेपछि विवाद

अत्तरिया- कैलालीमा नेपाल प्रहरीले भोगचलन गर्दै आएको जग्गामा नेपाली सेनाले तारबार गर्न खोजेपछि विवाद सिर्जना भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले भोगचलन गर्दै आएको जग्गामा सेनाले तारबार गर्न खोजेपछि विवाद भएको छ ।

वर्षौँदेखि संरक्षण गरेर भोगचलन गर्दै आएको जग्गा नेपाली सेनालाई नछाड्ने अडान प्रहरीले लिएको छ भने सरकारले गरेको निर्णयका आधारमा भोगाधिकार प्राप्त भइसकेकाले उक्त जग्गामा तारबार गरेर संरक्षण गर्ने नेपाली सेनाले दाबी गरिरहेको छ ।

Navadurga sun

इलाका प्रहरी कार्यालय मालाखेतीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई पत्र पठाउँदै आफूले भोगचलन गर्दै आएको जग्गा सेनाले लिन खोजेको भन्दै सहयोग मागेको छ । तर नेपाली सेनाको भवानी दल गण तेघरी ब्यारेकले भौतिक संरचना बनेको बाहेक भोगाधिकार प्राप्त गरेको जग्गा प्रहरीले छाड्नुपर्ने बताउँदै आएको छ ।

जग्गाको भोगाधिकार र भोगचलनको विषयलाई लिएर विवाद भए पनि नेपाली सेना र नेपाल प्रहरीले आधिकारिक रूपमा यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी इन्जिनियर गोगनबहादुर हमालले नेपाल सरकारले हस्तान्तरण गरेको जग्गामा नेपाली सेनाले तारबार गरिरहेको बताए । सरकारले सेनालाई हस्तान्तरण गरेको जग्गाको केही भाग प्रहरीले पनि भोगचलन गरिरहेको पाइएको बताउँदै सो विषयमा समान्य विवाद भएको हुनसक्ने जानकारी दिए ।

अहिले सेनाले तारबार गरे पनि दुवै सरकारी निकाय भएकाले व्यावहारिक रूपमा प्रहरीले नै भोगचलन गर्नसक्ने विकल्पमा जान सकिने उनी बताउँछन् । भविष्यमा कुनै संरचना बनाउने भए सेनाले लिनसक्ने उनको भनाइ छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...