

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वड नम्बर- २ मा रहेको अत्तरिया बसपार्कबाट झण्डै २ लाखको अबैध सामानसहित एक जना पक्राउ परेका छन् ।



बिहिबार राती इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले भन्सार छलेर ल्याइका १ लाख ६५ हजार मूल्य बराबरका ६६ थान कोल्ट ब्लाङकेट र ३१ हजार ५०० मूल्य बराबरका ९० थान कोलर तन्ना बरामद गरेको हो ।


उक्त अबैध सामान सुदूरपश्चिमका पहाडी जिल्लातर्फ पठाइरहेका सामान धनी बर्दिया ठाकुरद्धारा नगारपालिका- ९ का ३६ वर्षीय विरेन्द्र रोकायालाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





