बैतडीमा नेपाल–भारत सीमानाका आजदेखि बन्द

धनगढी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई लक्षित गरी बैतडीस्थित नेपाल–भारत जोड्ने सीमानाका आज (शुक्रबार) साँझ ७ बजेदेखि बन्द हुने भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार झुलाघाट नाकासहित तल्लोसोराड क्षेत्रमा सञ्चालनमा रहेका घाटहरू साउन १२ गते मतदान प्रक्रिया नसकिँदासम्मका लागि बन्द रहनेछन् ।

Navadurga sun
Godawari sandesh

सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले भारतीय पक्षको अनुरोधमा सीमानाका बन्द गर्न लागिएको जानकारी दिए । भारतको पिथौरागढमा हालै सम्पन्न सीमा सुरक्षा समन्वय बैठकमा भएको सहमतिअनुसार नै नाका बन्द गर्ने निर्णय गरिएको हो ।

भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ ९साउन ८ र १२ गते० पञ्चायत निर्वाचन हुँदै छ । यही निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि १२ गतेसम्म बन्द रहनेछ ।

Couple
Loading...