भरुवा बन्दुकसहित कैलालीमा दुई जना पक्राउ

धनगढी । कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका ८ स्याउले बस्ने २६ वर्षीय राजु चौधरी र सोही ठाउ बस्ने २३ वर्षीय चन्द्रबहादुर चौधरीलाई भरुवा बन्दुकसहित आज राति २ः४० बजे प्रहरीले पक्राउ गरेको हो।

बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी बिट स्याउले, कैलालीबाट खटिएको प्रहरी टोलीले राजुको घरमा खान तलासी गर्दा घर भित्र लुकाइ छिपाइ राखेको भरुवा बन्दुक नाल– एक, चित्तलको सिंङ, चित्तलको खुट्टाको आधा भाग र चन्द्रबहादुरको घर खानतलासी गर्दा घर भित्र लुकाइ राखेको भरुवा बन्दुक (लोड गरेको छर्रा भरेको) नाल–१ फेलापारी उक्त हातहतियारसहित दुवै जनालाई नियन्त्रणमा लिएको जनाइएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...