टिङ्कर नाका खुल्दै

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमानाका साउन ७ देखि ९ सम्म खुल्ने भएको छ। चीनको तिब्बतस्थित ताक्लाकोटमा रहेको स्थानीय प्रशासनले छाङरु र टिङ्करका व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएपछि टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर सीमानाका खुल्ने भएको हो। नाका खुल्ने भएपछि यहाँका व्यापारी व्यापार व्यवसायका लागि चीनको ताक्लाकोट जाने तयारीमा छन्।

नेपाल–चीन ताक्लाकोट नाका खुल्नेबारे त्यहाँको स्थानीय प्रशासनले आफूलाई जानकारी गराएको तथा आफूले दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई जानकारी गराएको व्यास गाउँपालिका–१, छाङरुका स्थानीय व्यापारी एवं नेपाल–चीनमैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहराले जानकारी दिए। तर प्रजिअ पौडेलले भने आफूलाई तिब्बत प्रशासनको आधिकारिक पत्र प्राप्त भइनसकेको बताए।

Navadurga sun

व्यापारीले ताक्लाकोट बजारमा व्यापार गर्ने गरेको बोहोराले बताए। नाका खुल्ने भएपछि व्यापारीले ताक्लाकोट लैजाने आ(आफ्ना सामान तयारी अवस्थामा राखेको बताइएको छ।

७० देखि ८० जना नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली र भारतीय सामानको व्यापार गर्ने गरेको उनले बताए। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार चीनको ताक्लाकोट जानका लागि यस वर्ष व्यास गाउँपालिकाका १४६ र व्यास गाउँपालिकाबाहेकका अन्य पालिकाका ११ जनाले तिब्बत प्रवेश अनुमतिपत्र नवीकरण गराएका छन् भने व्यास गाउँपालिकाका ६८ र अन्य पालिकाका ३७ जनाले नयाँ अनुमतिपत्र लिएको सहायक प्रमुख जिल्ला मोहनसिंह अधिकारी धामीले बताए।

चीनले टिङ्करभन्ज्याङको १ नम्बर सीमास्तम्भभन्दा आधा घण्टाको दुरीमा रहेको सापु भन्ने ठाउँमा सुरक्षाकर्मी बस्ने संरचना निर्माण गरी कच्ची सडक पर्‍याएको छ। छाङरु र टिङ्करका स्थानीय व्यापारीका अनुसार नेपालबाट जाने व्यापारीले सापुमा रहेको चेकपोस्टमा सामान चेकजाँच गराउनु पर्छ।

नेपालतर्फ व्यास गाउँपालिका–१, टिङ्करगाउँको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको प्रहरी चौकी सञ्चालनमा छ। छियालेकबाट करिब छ÷सात किलोमिटर अगाडि पाँच घण्टाको दुरीमा नेपाल–चीन १ नम्बर सीमास्तम्भ पर्छ। कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको ताक्लाकोट नाका गत वर्षदेखि खुलेको हो। ​ छाङरु र टिङ्करका व्यापारी विगतदेखि परम्परागत रूपमा सो नाका भएर आवतजावत गर्दै आइरहेका छन्। रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...