टीकापुर अस्पतालमा वृद्धा मृत फेला, अनुसन्धान जारी

धनगढी- कैलालीको टीकापुर अस्पतालमा उपचारका लागि आएकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । टीकापुर नगरपालिका–१ जमराटोलकी ८८ वर्षीया हिरादेवी धामी आइतबार बिहान अस्पतालको दक्षिण–पूर्वी कुनामा मृत भेटिएकी हुन् ।

Dadeldhura hospital

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनराजा बुढाथोकीका अनुसार धामी शनिवार दिउँसो बुहारीसँग उपचारका लागि टीकापुर अस्पताल पुगेकी थिइन् । तर आइतबार बिहान १० बजे प्रहरी र आफन्तको खोजतलासका क्रममा उनी अस्पतालको एक कुनामा मृत अवस्थामा फेला परिन् ।

Navadurga sun
Godawari sandesh

डीएसपी बुढाथोकीका अनुसार वृद्धाको शरीरमा कुनै प्रकारको बाह्य चोटपटक देखिएको छैन । मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वृद्धाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमै राखिएको छ । अस्पताल र उनको घरको दूरी आधा किलोमिटर भन्दा कम रहेको बताइएको छ ।

Loading...