बझाङबाट लागुऔषधसहित २ जना पक्राउ

धनगढी । बझाङबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको जयपृथ्वी नगरपालिका–१० चैनपुरका सन्दीपन बोहराको कोठाबाट एक सय ग्राम लागुऔषध बरामद गरिएको हो।

प्रहरीले २४ वर्षीय सन्दीपन बोहरा र सुर्मा गाउँपालिका–२ का २८ वर्षीय सागर बोहरालाई कोठामा लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, बझाङले घटनामा थप अनुसन्धान गर्दै छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...