बझाङमा भिरबाट लडेर महिलाको मृत्यु

बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको केदारस्यु गाउँपालिका–५ बहोराडी बस्ने ५९ की कमला बोहराको भिरबाट लडेर मुत्यु भएको हो।

बोहरा घर नजिकै रहेको जंगलमा घास काट्ने क्रममा भिरबाट १०० मिटर तल खसेर घाइते भएकी थिइन्। घाईते बोहरालाई उपचारको लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृतघोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...