शुक्लाफाँटा निकुञ्जमा एक सय ८४ सुनौलो तोपचरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको संख्या घटेको छ । नेपाल पन्छी संरक्षण संघ ९बीसीएन० को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतका तुलनामा तोपचराको संख्या घटेको पाइएको हो ।

संघका चराविज्ञ हिरुलाल डगौराका अनुसार पाँच दिनको गणनामा चराको संख्या १ सय ८४ रहेको पाइएको छ । गत वर्ष गरिएको गणनामा तोपचराको संख्या २ सय १३ थियो । ुघाँसेमैदान विनाश नै सुनौलो तोपचरा विनाशको प्रमुख कारण हो,ु उनले भने, ुपहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसेमैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसेमैदान अतिक्रमणमा परेका छन् ।ु

Navadurga sun

उनका अनुसार घाँसेमैदानमा रहेका रुख र घाँसमा तोपचराले गुँड लगाउँछ । संरक्षण क्षेत्रबाहिर रहेका ती क्षेत्र नासिँदै गएका छन् । हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसेमैदान मात्र बाँकी छ । सुनौलो तोपचरा आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गर्छन् । ुकृषिमा अन्धाधुन्ध विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएका अन्नलगायत खाँदा मर्ने गरेका छन्,ु डगौराले भने ।

अन्य सिकारी चराले प्रजननका बेला गुँडमा रहेका बच्चा र अण्डा खाइदिँदा पनि तोपचराको संख्या घट्दै गएको उनी बताउँछन् ।

निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले बसाइँसराइका कारण यस चराको संख्या घटेको हुन सक्ने अनुमान गर्छन् । निकुञ्जभित्रको घाँसेमैदानको बासस्थानमा पहिलेको भन्दा केही फरक नरहेको उनले बताए ।

उनका अनुसार सुनौलो तोपचरा तराई क्षेत्रमा मात्र पाइन्छ । नेपालमा छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजातिका पाइन्छन् । सुनौलो तोपचरा विश्वमै दुर्लभ संकटापन्न अवस्थामा रहेको छ । यस चराले मेदेखि सेप्टेम्बरसम्म प्रजनन गर्छ । नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र सुनौलो तोपचराले निकुञ्जको घाँसेमैदानका बीच भागमा गुँड लगाउँछ ।

झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको चराविज्ञ डगौराले बताए । ुरूखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउँछ, गुँड बनाएर यसले बच्चा जन्माउँछ,ु उनले भने, ुतोपचरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।ु

सन् १९९६ मा निकुञ्जमा सुनौलो तोपचरा पहिलोपटक देखिएको थियो । त्यसपछि निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्यांक संकलन गरिरहेको छ । निकुञ्जमा किसानको साथीका रूपमा रहेको सुनौलो तोपचराले कीराफट्याङ्ग्रा खान मन पराउँछ ।

निकुञ्जका सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ । निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रूखमा गुँड लगाउने यसको विशेषता रहेको छ ।

निकुञ्ज र संघका आठ जनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोपचराको गणनाको कार्य गरेका हुन् । निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैया लगायत क्षेत्रमा सुनौलो तोपचरा गणनाको कार्य गरिएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोपचरासँगै चार सय बढी प्रजातिका चरा पाइन्छन् । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...