कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प८४३७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक शुक्लाफाँटा नगरपालिका–२ बन्साह बस्ने २९ वर्षीय खगेन्द्र महरा लागूऔषधसहित पक्राउ परेका हुन्।

महराको साथबाट १ दशमलव शुन्य तीन ग्राम खैरो हेरोइर्न फेला पारी उक्त पदार्थ, मोटरसाईकलसहित उनलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल (बिओप) पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...