नगरस्तरीय कविता प्रतियोगिता सम्पन्न, सत्यवती एकेडेमीका ओझा प्रथम

अत्तरिया- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा कैलालीको गोदावरी नगरपालिकामा नगरस्तरीय कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कविता प्रतियोगिताका साथै प्रभातफेरी, आदिकवि भानुभक्तको तस्वीरमा माल्यार्पण समेत गरिएको हो ।

प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरियाको आयोजनामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका भित्रका विभिन्न विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभाअध्यक्षतामा भएको औपचारिक कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । 

प्रतियोगितामा सत्यवती एकेडेमी, अत्तरियाका रमेश ओझा प्रथम हुँदै २ हजार १ सय नगद पुरस्कार प्राप्त गरे । दोस्रो स्थान दुर्गालक्ष्मी मावि, अत्तरियाकी सन्ध्या अवस्थीले १ हजार ६ सय र तेस्रो गोदावरी पब्लिक स्कुल, अत्तरियाकी रजनी ऐरले १ हजार १ सय र सान्त्वना पुरस्कार सिद्धबाबा मावि, गेटीकी भुमेश्वरी मडैले ६ सय रुपैयाँ सहित कदरपत्र प्राप्त गरेका हुन् ।

त्यस्तै, बाँकी सहभागी ११ जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप २ सय रुपैयाँ का दरले नगद वितरण गरिएको कार्यक्रमको संचालन राजबहादुर कडायतले गरेका थिए । कार्यक्रममा स्थानीय शिक्षक, अभिभावक र समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो।

Loading...