कान्द्रा नदीमा महिलाको शव फेला

धनगढी । कैलालीको कान्द्रा नदीमा महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएकी घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीया चुनबुदिया चौधरीको शव भेटिएको हो।

वेवारिसे अवस्थामा नदी किनारमा भेटिएको शवको पछि सनाखत भएको थियो। यस्तै गौरीगंगा नगरपालिका–२ को पूरानो चौमाला बजार नजिकैबाट नदी तर्ने क्रममा अन्दाजी ५० वर्षका पुरुष भने बेपत्ता भएका छन्। उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...