एसईई नतिजा एक साताभित्र सार्वजनिक हुँदै

माध्यमिक शिक्षा परीक्षा (एसईई) 2080 को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी जारी रहेको जानकारी दिएको छ।

परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिकाको मूल्याङ्कन तथा सम्परीक्षण कार्य पूरा भइसकेको छ। हाल प्राप्ताङ्क इन्ट्री र विवरण मिलाउने काम तीव्र गतिमा भइरहेको छ।

Navadurga sun

यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने योजना बनाइएको थियो। तर, चैत २० देखि वैशाख १७ गतेसम्म शिक्षकहरूद्वारा गरिएको आन्दोलनका कारण कार्यतालिकामा ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयले स्पष्ट पारेको छ।

गत वर्ष चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। परीक्षा नियन्त्रण कार्यालयले नतिजा एक साताभित्र सार्वजनिक हुने भन्दै विद्यार्थीहरूलाई संयमित रहन आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...