बैतडीको ठेउला नियन्त्रणमा डब्लुएचओ टोली पुग्ने

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा ठेउला रोगको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेर १२ जनाभन्दा बढीमा सङ्क्रमण देखिएको जनाएको छ । बालबालिका बढी प्रभावित भएकाले स्वास्थ्य शाखा तथा स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा विशेष सतर्कता अपनाइएको छ । सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले सङ्क्रमितको शरीरभरि बिमिरा आउने, ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

प्रभावित बिरामीलाई छुट्टै आइसोलेसनमा राख्न आग्रह गरिएको छ, उनले भने,“स्वास्थ्यकर्मीले घरदैलोमै पुगेर प्रारम्भिक उपचार तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।” यसैबिच सो क्षेत्रमा देखिएको रोग ठेउलाकै सङ्क्रमण हो कि भन्ने यकिन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को टोलीसमेत प्रभावित क्षेत्रमा पुग्न लागेको हो ।

Navadurga sun
Godawari sandesh

स्वास्थ्य शाखा प्रमुख महराले डब्लुएचओको टोली बिहीबार सुर्नया–७ र ८ मा स्थलगत अनुगमन तथा परीक्षणमा जाने बताए । यसअघि स्वास्थ्य कार्यालय बैतडीले समेत प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाइसकेको थियो । शिखरपुर स्वास्थ्य चौकीका प्रमुख वीरबहादुर बोहोराले प्रभावित बस्तीमा निरन्तर स्वास्थ्य सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताए । गोरखापत्रबाट

Couple
Loading...