डडेल्धुरामा ७१ करोड बढी मूल्यको आलु उत्पादन

डडेल्धुरा- जिल्लामा एक हजार २२२ हेक्टर क्षेत्रमाफलमा लगाइएको आलुको उत्पादन पछिको मूल्य ७१ करोड बढी पुगेको छ । बर्खे र हिउँदे गरी डडेल्धुरामा दुई सिजनमा आलुखेती गरिन्छ । मध्य पहाडी जिल्ला डडेल्धुरामा बर्खे आलु ४०० हेक्टर र हिउँदे आलु ७२२ हेक्टर क्षेत्रफलमा लगाईने गरेको तथ्याङ्क प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन ईकाई डडेल्धुराको छ ।

Ganyapdhura gau

कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत पिताम्बर बस्नेतका अनुसार अहिले बर्खे आलु खन्ने क्रम जारी छ । बर्खे आलुखेती दुई हजार मिटरको उचाई भएका क्षेत्र खासगरी अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकाको केही भेगमा गरिन्छ । अहिले बाली कटानी गर्दा औसतमा प्रतिहेक्टर ३० मेट्रिकटन उत्पादन निस्किएको उनले बताए ।

Navadurga sun
Godawari sandesh

यसरी हेर्दा बर्खे आलुको उत्पादन १२ हजार मेट्रिकटन भएको छ । उनले भने, ‘‘हाल आलुको फुटकर मूल्य प्रतिकेजी ३० रुपियाँ र थोक मूल्य प्रतिकेजी २५ रुपियाँ छ । किसानले खेतमै प्रतिकेजी ३० रुपयाँसम्म मूल्य पाइरहेका छन् । थोक मूल्य जोड्दा १२ हजार मेट्रिकटनको मूल्य ३० करोड हुन आउछ । हिउँदे आलुको उत्पादन औसतमा प्रति हेक्टर २३ मेट्रिकटन थियो । दिउदे आलु १६ हजार मेट्रिकटन उत्पादन भएको थियो भने यसको थोक मूल्य जोड्दा ४१ करोड रुपियाँ हुन आउछ ।’’

Dadeldhura hospital

हिउँदे आलु अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा गाउँपालिकासँगै ठुलो मात्रामा भित्रिमधेश क्षेत्र चुरे पर्वतको परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा गरिन्छ । बर्खे र हिउँदे आलुको उत्पादन र थोक मूल्य जोड्दा वार्षिक ७१ करोड मूल्य बराबरको आलु उत्पादन हुने उनले बताए ।

उनका अनुसार यहाँ उत्पादन भएको आलु सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बिउका रुपमा निर्यात हुदै आएको छ । किसानले खायान आलु बाहेकको आलु बिउ आलुका लागि बिक्रि गर्दै आईरहनु भएको छ ।

बिउ आलुका लागि करिब छ महिला शित भण्डारमा भण्डारण गर्नु पर्ने कार्यालय प्रमुख बस्नेतले बताए । गत वर्ष बिउ आलुको मूल्य प्रतिकेजी ६५ रुपियाँ थियो । उनले भने, ‘‘यस वर्ष बिउ आलुको मूल्य निर्धारण गर्न बाँकी छ ।’’ मूल्य निर्धारण गरिसकेपछि बिउ आलु महँगो मूल्यमा बिक्री हुने भएकाले समग्रमा मूल्य अझै बृद्धि हुने उहाँको भनाइ छ ।

आलुको उत्पादन बढाई किसानलाई व्यावसायीक बनाउन सिँचाइ पूर्वाधार निर्माण, जनावारबाट जोगाउन घेरबार, कृषि यन्त्रिकरणमा हाते टेक्टर वितरण गरिरहेको उनले बताए । ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गर्ने, मल, बिषादीसंगै प्राबिधिक सहयोग गर्ने, आलु बिउमै बिक्री गर्न शित भण्डार भण्डारण गरे वाफत हुन आउने रकममा प्रतीकेजी दुई रुपियाँका दरले किसानलाई उपलब्ध गराउदै आएको उनले बताए । प्रतिकेजी तीन रुपियाँका दरले कृषि ज्ञान केन्द्रले किसानलाई रकम उपलब्ध गराउने गरेको उहाँको भनाइ छ ।

शित भण्डारमा छ महिना भण्डारण गरेको मूल्य प्रतिकेजी पाँच रुपियाँ हुन आउछ । उनले भने, ‘‘यो सबै किसानले अनुदानमा पाउनु हुन्छ । आलुको बिज बृद्धि (पिभिएस) दाना उत्पादन, शित भण्डार मर्मत, आलुराख्ने बोरा वितरण गरी किसानलाई सहयोगसँगै उत्साहित गरिरहेका छौँ ।’’ आलुको उत्पादन देखि उत्पादनपछि बजारी करण र औद्यौगिकरणमा सहयोग गरिरहेको उनले बताए ।

Couple
Loading...