बैतडीको सुर्नयामा ठेउला रोगको सङ्क्रमण पुष्टि

बैतडी- बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा ठेउला रोगको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी १२ जनाभन्दा बढीमा सङ्क्रमण देखिएको जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

यो सङ्क्रमणबाट बालबालिका बढी प्रभावित भएकाले स्वास्थ्य शाखा तथा स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा विशेष सतर्कता अपनाइएको छ ।

Navadurga sun
Godawari sandesh

सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले सङ्क्रमितहरूको शरीरभरि बिमिरा आउने, ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको जानकारी दिए । ‘‘प्रभावित बिरामीलाई छुट्टै आइसोलेसनमा राख्न आग्रह गरिएको छ,’’ उनले भने । यद्यपि, स्वास्थ्यकर्मीहरूले घरदैलोमै पुगी प्रारम्भिक उपचार तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यसैबीच, उक्त क्षेत्रमा देखिएको रोग ठेउलाकै सङ्क्रमण हो कि भन्ने यकिन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को टोली प्रभावित क्षेत्रमा पुग्न लागेको छ । स्वास्थ्य शाखा प्रमुख महराका अनुसार डब्लुएचओको टोली बिहीबार बिहान सुर्नया–७ र ८ मा स्थलगत अनुगमन तथा परीक्षण गर्न जाँदैछ ।

Couple
Loading...