पूर्वमुख्यमन्त्री सोडारी निलम्बित

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता समेत रहनुभएका सोडारीलाई प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निलम्बन गरिएको व्यहोरा जानकारी गराएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार सोडारी उपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी प्राप्त भएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्वन गरिएको सभामुख भण्डारीले बताए ।

nava durga gaupalika

प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टीबाट तीन प्रदेशसभा सदस्य रहनुभएको छ । सोडारी विसं २०७९ मा भएको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र–४ को प्रदेशसभामा तत्कालीन गठबन्धनका तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले) बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका थिए ।

सोडारीलाई पदको दुरुपयोग गरेर अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिन अघि आरोपपत्र दायर गरेको थियो । रासस

Loading...