सुदूरपश्चिम सरकार बजेट निर्माणमा पुरानै आधारलाई निरन्तरता दिने तयारीमा ​​​​​​​

धनगढी- सुदूरपश्चिम सरकारले बजेट निर्माणका लागि चालु आर्थिक वर्षका लागि तय गरेका आधारलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । चालु आर्थिक वर्ष २०८२/०८२ का लागि चार आधार तयार तय गरेर बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि पनि पुरानै आधारलाई निरन्तरता दिने जनाएको छ ।

Dadeldhura hospital

प्रदेश सरकारले एक प्रेस विज्ञप्ति जारी गर्दै योजना तथा कार्यक्रमका लागि न्यूनतम २५ लाख माथिको बजेट सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, २५ लाख भन्दा कम बजेट विनियोजन गर्नुपर्ने अवस्था आएमा, कार्य योजना समिति सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी संस्थालाई तोकेर बजेट विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगर्ने आधारलाई आगामी आर्थिक वर्षको बजेटको आधारका रूपमा कार्यान्वयन गर्ने जनाएको छ ।

Navadurga sun
Godawari sandesh

विज्ञप्तिमा वार्षिक विकास कार्यक्रम (बजेट) तर्जुमा गर्दा सुदूरपश्चिम प्रदेशको आवधिक योजना, मध्यावधि खर्च संरचना, प्रादेशिक सडक सञ्जाल गुरुयोजना, आयोजना बैङ्क तथा दिगो विकास लक्ष्यलाई प्रमुख आधारका रूपमा लिइने जनाएको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशको समग्र विकास, समृद्धि, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, योजना छनोट तथा बजेट विनियोजनका सन्दर्भमा चार बुँदे प्रतिविद्धतालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख छ ।

Loading...