अत्तरियामा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, उपप्रधानमन्त्री सिंहद्वारा समुद्घाटन

अत्तरिया- गोदावरी नगरपालिका वडा नं. ३ चौकीडाँडा सामुदायिक वन क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य सम्पन्न भई आज बाट संचालनका लागि नेपाली कांग्रेसका पूर्व उप-सभापति,महामन्त्री एवं नेपाल सरकारका उप-प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले समुद्घाटन गरेका छन ।

शहरी विकास मंत्रालय सचिव गोपाल प्रसाद सिग्देलको अध्यक्षतामा संचालित समुद्घाटन कार्यक्रमा एसियाली विकास बैङ्क प्रतिनिधि,गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, शहरी विकास मन्त्रालयका प्रतिनिधि सँगै स्थानिय जनप्रतिनिधि लगायत नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

Navadurga sun
Godawari sandesh

एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदान सहयोग र नेपाल सरकारको सहकार्यमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय, धनगढीको संयोजनमा केन्द्रको निर्माण गरिएको हो । यसको कुल लागत ५१ करोड ६९ लाख ७४ हजार ४ सय ९९ रुपैयाँ रहेको यस परियोजनामा ७५ प्रतिशत रकम एडिबीको ऋण अनुदानबाट र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानीबाट पूरा गरिएको हो ।

उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले अब याे ठूलाे परियाेजना निर्माण सम्पन्न भएकाे र यसलाई संचालन गर्ने मुख्य जिम्मेवारी गाेदावरी नगरपालिकाकाे रहने बताए । उनले ठूलाे लगानी भएकाे अब यसकाे सदुपयाेग गर्नुपर्ने उल्लेख गरे ।

Dadeldhura hospital

फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चिनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ । उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौता गरिएको छ ।

अपरेसन इन्चार्ज आचार्यका अनुसार, केन्द्रमा संकलित फोहोरलाई वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरिनेछ भने रिसाइकल गर्न सकिने फोहोरलाई कवाडीमा बिक्री गरिनेछ । यसबाट वातावरणीय प्रदूषण न्यूनीकरण हुने र स्थानीय कृषकलाई जैविक मल प्राप्त हुने अपेक्षा गरिएको छ ।

स्थानीय रोजगारीलाई प्राथमिकता दिँदै केन्द्रमा ४० जना भन्दा बढी स्थानीयलाई योग्यता अनुसार रोजगारी प्रदान गरिने छ । परियोजनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्थानीय आर्थिक गतिविधिमा टेवा पु¥याउने विश्वास गरिएको छ । परियोजना सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भएर आजबाट उद्घाटन सँगै संचालनमा आउने परियोजना प्रतिनिधिले जनाइएको छ ।

फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने फोहोरमैलाको वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने, तर पुनः प्रयोग गर्न सकिने बस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोतसमेत बन्ने महराको भनाई छ । कुहिने फोहोर तथा दिसाजन्य वस्तुबाट मलखाद उत्पादन गरिनेछ । संकलित फोहोरमैलाबाट अहिले पनि कम्पनीले केहि मात्रामा आम्दानी गर्ने गरेको छ । गोदावरी नगरको केन्द्र अत्तरियामा फोहोर व्यवस्थापन नभएको भन्दै आलोचना हुने गरेको छ ।

फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने फोहोरमैलाको वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने, तर पुनःप्रयोग गर्न सकिने बस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोत समेत गाेदावरी नगरपालिकाका नगरप्रमुख भट्टकाे भनाई छ ।

Loading...