


अत्तरिया- कैलालीको चुरे गाँउपालिकामा न्याय सम्पादनमा भइरहेका असल अभ्यास र चुनौतीबारे अनुभव आदानप्रदान गरिएको छ ।


चुरे गाँउपालिकाको न्यायिक समितिले बुधबार आयोजना गरेको न्यायिक समितिको अन्तरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा न्याय सम्पादनमा भइरहेका असल अभ्यास र चुनौतीबारे अनुभव आदानप्रदान गरिएको हो ।



न्याय सम्पादनमा भएका असल अभ्यास र चुनौतीहरूका बारेमा अनुभव साटासाट गर्दै कमीकमजोरीहरू र सुधार गर्नुपर्ने विषय पहिल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको चुरे गाँउपालिकाकी उपाध्यक्ष धना देवी थापाले बताइन् ।
आफूहरुले कानुन बमोजिम नै न्याय निरुपण गर्दै आएको बताइन् । उनले कुनै पूर्वाग्रह नराखी, निष्पक्ष ढंगले न्याय प्रदान गरिरहेको बताइन् ।
कार्यक्रममा कैलालीका विभिन्न स्थानीय तहका न्यायिक समितिका संयोजकहरु, चुरे गाँउपालिकाका विषयगत शाखा प्रमुखहरु, चुरे तथा विभिन्न पालिकाका मेलमिलाप समितिका सदस्यहरू लगायत सहभागी रहेका थिए ।





