डीडीसीका लागि जग्गा प्राप्तीको प्रक्रिया सुरु गरिदिन आग्रह गर्दै ज्ञापनपत्र

अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी)का लागि जग्गा प्राप्तीको प्रक्रिया सुरु गरिदिन आग्रह गर्दै संयोजकलाई ज्ञापनपत्र बुझाइएको छ ।

डीडीसी संरक्षण संघर्ष समितिले मंगलबार डीडीसी जग्गा व्यवस्थापन समितिका संयोजक एवम् गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोपालदत्त भट्टलाई ज्ञापनपत्र बुझाएको हो ।

Navadurga sun

“धनगढी दुग्ध वितरण आयोजना अत्तरियालाई जग्गा उपलब्ध गराउने सम्वन्धमा यस अघि विभिन्न मितिमा विभिन्न निकायमा पत्राचार गरिएतापनि जग्गा प्राप्ति सम्वन्धि कार्य हालसम्म कुनै पनि प्रकिया अगाडी बढन नसकेकोले गोदावरी नगरपालिकाले सम्बधित निकायमा पत्राचार गरेका जग्गा मध्ये कुनै एक जग्गाको ठोस टुङगो लगाई आवस्यक प्रकृया सहित फाईल अगाडि बढाई जग्गा प्राप्ति सम्वन्धी प्रकृया शुरु गरि दिनुहुन हार्दिक अनुरोध गर्दछौं” ज्ञापनपत्रमा लेखिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...