भोलिदेखि सुदूरपश्चिम सहित देशभर अनिश्चितकालीन यातायात बन्द हुने

धनगढी- सुदूरपश्चिम सहित देशभर भोलि (सोमवार) देखि निश्चितकालीन यातायात बन्द हुने भएको छ ।

भोलिदेखि कालो नम्बर प्लेट भएका सम्पूर्ण सवारी साधन अनिश्चितकालका लागि बन्द हुने नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ। गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरूले देशभर सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेका हुन् ।

Navadurga sun

नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समिति तथा सुदूरपश्चिममा रहेका विभिन्न यातायात समितिले धनगढीमा पत्रकार सम्मेलन गर्दै आफूहरुका माग सुनुवाइ नभए जेठ १९ गतेदेखि सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएका थिए । सरकारी तथा निजी यातायात भने सञ्चालन हुन दिने समितिले जनाएको छ। यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले सरकारलाई सात बुँदे ज्ञापन पत्र समेत बुझाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...