कैलालीबाट भन्सार छली ल्याइएका १ लाख ७ हजारका सामान बरामद

धनगढी- कैलालीका विभिन्न स्थानबाट भारतबाट भन्सार छली ल्याइएका करिब १ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ।

सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बेवारिसे अवस्थामा रहेका सुर्ती, चुरोट, गुट्खा, अटोको कप्लिङ रबर, इलेक्ट्रोनिकलगायतका सामान फेला पारेको हो।

Navadurga sun

प्रहरीका अनुसार बरामद सामानको अन्दाजी मूल्य १ लाख ७ हजार १ सय रुपैयाँ रहेको छ। आवश्यक प्रक्रिया पूरा गरी ती सामान प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...