अवैध सामानसहित डडेल्धुराका एक जना पक्राउ

धनगढी- कैलालीबाट ४२ लाख ३७ हजारको भन्सार छलीका अवैध सामानसहित डडेल्धुराका एक जना पक्राउ परेका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका ४ घर भई हाल कैलालीको गोदावरी नगरपालिका २ स्थित कोठा गरि बस्ने ३२ वर्षका मानबहादुर वलीको कोठामा खानतलासी गर्दा अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४२ लाख ३७ हजार ५ सय बराबरको २ हजार ८२५ थान मोवाइलको डिस्प्ले सहित पक्राउ परेका हुन्।

Navadurga sun

वलीलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान र उनलाई नियन्त्रण लिएको छ।

त्यस्तै धनगढी उपमहानगरपालिका ३ ट्राफिक चौराहबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५९ हजार १०० बराबरको सामान प्रहरीले बरामद गरेको छ। भन्सार छलीको सुटपिस, गम्छा, कुर्ति सेट, टप्स लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...