सार्वजनिक यातायात व्यवसायीहरूको चेतावनी : माग सम्बोधन नभए जेठ १९ देखि सेवा बन्द

धनगढी- नेपालमा सार्वजनिक यातायात बचाउन माग गर्दै व्यवसायीहरूले जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन्। धनगढीमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरूले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै यस्तो चेतावनी दिएका हुन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सार्वजनिक यातायात १९७३ सालदेखि सञ्चालनमा आए पनि अझैसम्म गुणस्तरीय सेवा दिन नसकिएकोमा चिन्ता व्यक्त गरे। उनका अनुसार सरकारले नीतिहरू त बनाएको छ तर तिनको प्रभावकारी कार्यान्वयनमा भने उदासीनता देखाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

राईले निजी क्षेत्रको १० देखि १३ खर्बसम्मको लगानी रहेको सार्वजनिक यातायात व्यवसायलाई सरकारले अझै पनि व्यवस्थित व्यवसायको रूपमा नहेरेको आरोप लगाए। उनले भने, “दैनिक २५ लाख नागरिकले सार्वजनिक यातायात प्रयोग गर्छन्, तर यो सेवा उल्टै संकटमा छ। राज्यले संरक्षण गर्नुको सट्टा नष्ट गर्ने प्रयास गरिरहेको छ।”

Dadeldhura hospital

उनले निजी परियोजनाका लागि ऋण निकालेर गाडी किनेका व्यवसायीहरू अहिले घाटामा परिरहेको उल्लेख गर्दै पटक–पटक जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय सरकारलाई ज्ञापन दिँदा पनि कुनै चासो नदिएको गुनासो गरे।

संघीय प्रणालीले ल्याएको कानुनी अन्योलसमेत व्यवसायीहरूका लागि समस्या बनेको अध्यक्ष राईको भनाइ छ। संघीय कानुन अनुसार एक व्यवस्था हुँदा प्रदेश सरकारले फरक व्यवस्था लागू गर्दा व्यवसायीहरू अलमलमा परेको उल्लेख गरियो।

संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले भारतीय नम्बर प्लेट भएका सवारी साधनले नेपालमा यात्रु ओसारपसार गर्दा व्यवसायीहरूलाई थप संकटमा पारिएको बताए। उनले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा तोकिएकोभन्दा कम भाडामा सेवा दिइँदा नेपाली व्यवसायीहरू मारमा परेको बताए।

व्यवसायीहरूले सरकारी निकायहरू बिचौलियासँग मिलेको आरोप समेत लगाउँदै माग सम्बोधन नभए जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयमा पुगेका छन्।

यदि सरकारसँग वार्ता र सहमति भएन भने, यो आन्दोलनले देशको यातायात व्यवस्था र सर्वसाधारणको दैनिकीमा गम्भीर असर पार्न सक्ने देखिन्छ।

Loading...