

अत्तरिया- कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) नसार्न माग गर्दै अत्तरियामा चक्काजाम गरिएको छ ।

संघर्ष समितिले अत्तरियामा ९:३० देखि १० बजेसम्म चक्काजाम गरेको हो । उनीहरुले १ घण्टा कारखानामा ताला पनि लगाएका छन् ।
गोदावरीका स्थानीयदेखि जनप्रतिनिधिहरुले नसार्न दवाव दिइरहेका छन् भने जसरी पनि सार्ने मनसाय डीडीसीको रहेको छ । नसार्न दवाव दिँदै स्थानीयले दिनहुँजसो विरोधका कार्यक्रम गर्दै आएका छन् ।
उनीहरूले जेठ ८ गते कार्यालयमा तालाबन्दी पनि गरेका छन् । उक्त तालाबन्दी अझै खुलेको छैन । उनीहरूले डीडीसीका लागि आवश्यक जग्गा अत्तरियामै उपलब्ध गराउनु पर्ने भन्दै धनगढी सार्न नहुने माग राख्दै आएका छन् । बुधबार पनि स्थानीय र जनप्रतिनिधहरुले उक्त विषयमा छलफल गरेका थिए ।
डीडीसीले उक्त कार्यका लागि धनगढी उपमहानगरपालिका संग गत पुसमै सम्झौता गरिसकेको बताइएको छ ।