धरान । धरानमा मर्निङवाक जाँदा लडेर पुरुषको मृत्यु भएको छ । मृतक तेह्रथुमको म्याङलुङ नगर पालिका १० घर भइ हाल धरान-१५ बस्ने ४१ वर्षीय भिमसुन्दर लिम्बु रहेका ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले बताए ।


प्रहरीले भिमसुन्दरको मृत्यु भएपछि उनको सब पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । भिमसुन्दरको पहिचान उनकै श्रीमती चन्द्रकुमारी लिम्बुले गरेको डिएसपी जबेगुले बताए ।
शवलाई पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाउने प्रहरीको तयारी छ । भिमसुन्दर उच्च रक्तश्राव र मधुमेहको बिरामी रहेका कारण उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।