डडेल्धुरामा सवारी चेकजाँचमा कडाई एक महिनामा ३ सय १४  सवारी साधन कार्वाहीमा दुई लाख १४ हजार राजस्व संकलन

हरिश चन्द/ डडेल्धुरा ५ जेठ– जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेका प्रहरी नायब निरीक्षक हर्क बहादुर साउद जिल्लामा आएपछि ट्राफिक व्यवस्थापन तथा ट्राफिक नियममा कडाई गरेका छन् डडेल्धुरामा जिल्लामा आए संगै साउदले ट्राफिक व्यवस्थापनमा निकै चासो दिएका छन ।

Ganyapdhura gau

अमरगढी नगरपालिका वडा नं १ स्याउलेमा रहेको अस्थाई ट्राफिक प्रहरी पोस्ट स्याउले अहिले ट्राफिक नियममा कडाई गर्दै चेक जाँचलाई निकै ध्यान दिएको छ । २०८२ बैशाख १ गते देखि जेठ ५ गते सम्म ट्राफिक नियम उल्लङ्घघन गर्ने विभिन्न सवारी साधनहरु कार्वाहीमा परेका छ्न् ।

Navadurga sun
Dadhaldhura pur

कार्वाहीबाट दुई लाख १४ हजार राजस्व संकलन गरेको प्रहरी बताएको छ । कार्वाहीमा पर्ने सवारी साधनहरुमा ट्रक टिपर  ,बस हाइस, कार तथा जिप, बाइक, ट्याक्टर,गरि जम्मा ३ सय १४ सवारी साधनहरू कार्वाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लंघन गरि सवारी चलाउने चालक , गाडीधनी तथा सह चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा जानकारी संगै बाटोमै प्रशिक्षण दिने गरेको छ ।

प्रहरीले बाटोको छेउ छाउमा रहेका विभिन्न ट्राफिक संकेतहरुलाई मर्मत समेत गरेको बताइएको छ । छोटो समयमा नै प्रहरीले ट्राफिक नियमहरूको पालना गराई दुर्घटना न्यूनिकरणमा समेत सहयोग पुर्याएको प्रहरी बरिष्ठ हवल्दार भोज राज पाण्डेले जानकारी दिएका हुन् । 

ट्राफिक प्रहरीहरूले मात्र चेकजाँच गर्दा मात्रै नियमहरू पालना नगरी हरेक समयमा ट्राफिक नियमहरूको पालना सबैले गर्न सकेमा दुर्घटना न्यूनिकरण समेत हुने पाण्डेको भनाई छ । ट्राफिक प्रहरीले पनि कुनै लोभ लालचमा नफसी आफ्नो जिम्मेवारी राम्रो संग बहन गन प्रहरी नायब निरीक्षक हर्क बहादुर साउदले निर्देशन गर्न भएको छ । 

ADD Khali jpg
ADD Khali jpg
Loading...