सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड

डडेल्धुरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार उल्टो बाटो हिँडिरहेको टिप्पणी गरेका छन्। प्रेस सेन्टरले शुक्रबार बिहान डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको आरोप लगाए। यस्ता गतिविधिमा आफूहरूले शुरुदेखि नै खबरदारी गरिरहे पनि सरकार परिवर्तनको खेलतर्फ भने नलाग्ने दोहोर्‍याए।

‘सरकारले सुशासन र हामीले शुरु गरेका कामलाई भत्काउने कामतर्फ लागेको छ। सरकार उल्टो बाटो हिँडेकोमा चिन्तित छौँ’, उनले भने, ‘खबरदारी गरिरहेका छौँ। तर, अहिले नै सरकार ढाल्ने खेलतिर छैनौँ।’

Navadurga sun

टेरामक्स प्रकरणको मुद्दा अभियोजनप्रति संकेत गर्दै प्रचण्डले सरकार आफ्नालाई जसरी पनि जोगाउने र विरोधीलाई ठेगान लगाउने बाटोमा हिँडिरहेको आरोप लगाए।

यस क्रमममा ठूला दलहरु सुदूरपश्चिम पुगेर लोकप्रिय कार्यक्रम घोषणा गर्ने तर पूर्व पुगेपछि बिर्सिने प्रवृत्ति बढेको भन्दै प्रचण्डलाई विगतका प्रतिबद्धता सम्झाउँदै पूरा नभएको बताएका थिए।

जवाफमा प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालय, कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह, कैलालीको गेटामा स्वास्थ्यविज्ञा विश्वविद्यालय बनाउने निर्णय आफ्नै कार्यकालमा भएको तथ्यतोडमोड नगरिदिन आग्रह गरे। ‘सुदूरपश्चिमलाई विकास नगरेसम्म नेपालमा समतामूलक विकास हुन सक्दैन भन्नेमा माओवादी दृढ छ’, प्रचण्डले भने।

ADD Khali jpg
ADD Khali jpg
Loading...