सुरुमै बाचा गर्नु भन्दा पनि केही काम गरेर देखाउछुँ : एसपी राणा

धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक बाल नरसिहं राणाले सक्दो उत्कृष्ठ काम गर्ने बताएका छन् । कैलाली जिल्लाको नेतृत्व सम्हालेपछि आज पत्रकारहरु सगंको भेटघाटमा प्रहरी उपरिक्षक राणाले सुरुमै बाचा गर्नु भन्दा पनि केही काम गरेर देखाउने बताएका हुन् । म सुरुमै यो गर्छु भनेर भन्दैन उनले भने “केही राम्रो काम गर्ने छु र तपाइहरुले मेरा राम्रा काममा सहयोग गर्नुहुन्छ भन्ने बिश्वास छ ।”

Dadeldhura hospital

कैलाली जिल्ला प्रदेश राजधानी भएको जिल्ला हो उनले भने “अर्को कुरा १ सय किलोमिटर बढी भारतसगंको सिमाना छ, यहाँ अधिकाशं जिल्लाका मानिसहरुको बसोबास भएको जिल्ला छ, सबै कारणबाट कैलालीमा धेरै काम गर्नुपर्ने मैले देखेको छु, सिमा क्षत्रेमा हुने तस्करी नियन्त्रण देखी लागुऔषध नियन्त्रण सम्म प्रहरीको महत्वपुर्ण काम छन्, यसका साथै नागरिकको जिउ धनको रक्षा, अबैध क्रियाकलाप रोक्नुपर्ने दायित्व छ, यि दायित्व बोध हामीले गर्नेछौँ ।” नागरिकले राम्रो कामको अननुभुती गर्ने गरी काम गर्ने राणाले बताए । आफु कैलाली आएको एक साता मात्रै पुगेकाले थप बिषय बुझेर त्यसको समाधान गर्ने उनको भनाई थियो ।

Navadurga sun
Godawari sandesh

यसका साथै एसपी राणाले प्रहरीको आचरण समेत सुधार गर्ने बताए । हामीले प्रहरीको आचरण सुधार अभियान सुरु गरिसकेका छौँ उनले भने “नागरिक सगंको ब्यवहार सुधार गर्न सबै दर्जालाई निर्देशन भइसकेको छ, यसका साथै प्रहरी समुदाय सगं सहकार्य गरेर लागुऔषध लगायत समाजमा हुने गलत क्रियाकलाप रोक्न चाहान्छ ।” 

Loading...