वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुन सोमबार प्रचण्ड सुर्खेत आउँदै

‎‎सुर्खेत- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार सुर्खेत आउने भएका छन्।

‎‎माओवादी निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्नका लागि उनी सुर्खेत आउन लागेको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जानकारी गराए ।

udhok dadeldhura

‎‎सम्मेलन २९ र ३० गतेसम्म चल्ने बताइएको छ। वाइसीएलले जेठ १७, १८ र १९ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ। ‎‎सोही अनुसार कर्णाली प्रदेशका ९ जिल्लाका वडा, पालिका र जिल्ला तहमा सम्मेलनहरू सम्पन्न भएका छन्।

‎वीरेन्द्रनगरमा हुने प्रदेश सम्मेलनमा ‎सहभागी हुन १० वटै जिल्लाका ७१८ वडा स्तरबाट १र१ जना प्रतिनिधिहरू छनौट भइसकेको सङ्गठनका प्रदेश अध्यक्ष शोभाकर भण्डारीले बताए।

‎’वाइसीएलको यो सम्मेलनले देशमा विद्यमान भ्रष्टाचार बेथिति, कालोबजारी अनियमितता, अराजकतालाई तह लगाउन, र सुशासन, सामाजिक न्याय र समृ‌द्धि हासिल गर्न उत्पादन नवप्रवर्द्धन युवा रोजगारी सृजना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्य लिएको छ,’ उनले भने ।

Loading...