भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह

काठमाडौँ- जी-सेभेन देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्। यो अपिल दुई देशबिच तनाव बढिरहेको बेला आएको हो ।

क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरू माथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । यसका साथै, जी-सेभेन देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् ।

जी-सेभेनको विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौँ दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढुन् ।’ एजेन्सी

Loading...