बैतडी- बैतडीमा काफलको रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।



बुधबार बिहान पुर्चौडी नगरपालिका–९ बथ्थोला तल्लादेहीकीकी १४ वर्षीय किशोरी सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो ।


आमासँग स्थानीय जंगलमा काफल टिप्न गएकी किशोरीको काफलको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक नरबहादुर भण्डारीले बताए ।
उनी खेति मावि तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत थिइन् ।