कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी–३ मिलन चोक, धनगढी–१० सिमलघाट, भजनी–५ टनिजा फार्म नजिक र जोशीपुर–१ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ९८ हजार ५५० बराबरको सामान बरामद गरिएको छ।

Dadeldhura hospital

भन्सार छलीको बिडी, सुर्ती, पान मसला, सुटपिस, कुर्ती, टप्स, कारको एसीमा प्रयोग हुने सेल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

यसैगरी कञ्चनपुरको बेलौरी–२ कटानबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख १५ हजार बराबरको सामान बरामद गरिएको छ। कञ्चनपुरबाट भन्सार छलीको  कुखुराका चल्ला र साइकल थान–६ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेलापारी स्थानिय तथा जन–प्रतिनिधिहरूको रोहवरमा नष्ट गरेको छ।

 

 

Loading...