अत्तरियामा प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

अत्तरिया- कैलालीको अत्तरियामा ३२ औं प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरि मनाइएको छ। अत्तरिया क्षेत्रमा क्रियासित पत्रकारहरूले ३२ औं प्रेस स्वतन्त्रता दिवस मनाएका हुन् ।

दिवसको अवसरमा अत्तरियामै रहेको पदमा अस्पताल र अत्तरिया अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । फलफूल वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दिल बहादुर छत्यालले पत्रकारहरूले विविध चुनौतीहरूको सामना गर्नु परिरहेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

गणतन्त्र स्थापनाका लागि पत्रकारहरूले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि पनि समाचार लेखेकै कारण पत्रकारले धम्की र आक्रमण भोग्नु पर्ने अवस्था रहेको बताए ।

Dadeldhura hospital

“लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपालका सञ्चारकर्मीहरुले लेखेर मात्रै होइन, सडकमै आएर संघर्ष गरे र देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा छ ।, उनले भने, यद्यपी यतिबेला पनि नेपालका श्रमजीवी पत्रकारहरूले भौतिक र पेशागत रुपमा चुनौतीको सामना गर्नु परिरहेको छ । धम्की र आक्रमण भोग्नुपर्ने र कार्यक्षेत्रमा खटिँदा ज्यानै गुमाउनुपर्ने कहाली लाग्दो अवस्थाको अन्त्य हुनुपर्छ ।” नेपालको समग्र पत्रकारिता संकटबाट गुज्रिरहेको भन्दै उनले यि सबै समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए ।

पदमा अस्पतालका डाक्टर नर बहादुर मौनीले हरेक परिस्थितिमा पत्रकारहरूले सामना गर्दै कलम चलाउँदै आएको बताउँदै दिवसको अवसरमा अस्पतालमा फलफूल वितरण गरेकोमा धन्यावाद ज्ञापन गरे ।

बलियो नयाँ युगमा रिर्पोटिङ–प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ लगायत पत्रकार तथा पत्रकारितासंग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरेका छन् । संयुक्त राष्ट्रसंघीय संगठन युनेस्कोको आयोजनामा नामिबियाको विण्डहक शहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो ।

जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरणमा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरे पनि नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हनन्का ७३ वटा घटना भएका छन् ।

Loading...