ट्रकको ठक्करबाट वृद्धको मृत्यु

काठमाडौं । मकवानपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम राजमार्ग सडकखण्डमा हेटौंडाबाट चितवन जाँदै गरेको ट्रकले बिहान सवा ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अुनसार ना ५ ख ७७१२ नम्बरको ट्रकले ठक्कर दिँदा मकवापुरको राक्सिराङ गाउँपालिका-०९ घर भई हाल मनहरी गाउँपालिका-८ का ७० वर्षीय गंगाबहादुर स्याङ्तानको मृत्यु भएको हो।

स्याङ्तान बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र ट्रक चालक सर्लाहीको हरिवन नगरपालिका-११ का ४० वर्षीय प्रमोद महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

 

Loading...