कर्णाली पुल डेढ महिनापछि मर्मत

बर्दिया । गत वर्ष फागुन २८ गते कर्णाली पुल चिसापानीमा स्टेड केबुलमा आगलागी भएपछि यसको मर्मत भइरहेको छ। ट्रकमा आगलागी हुँदा पुलका १४ वटा केबुलमा क्षति पुगेको थियो। डिभिजन सडक कार्यालय नेपालगन्जले यातायात एकतर्फी सञ्चालन गरी मर्मत गरिरहेको छ। तीन साताअघि सुरु गरिएको मर्मत कार्य आगामी एक साताभित्र सम्पन्न गर्ने लक्ष्य रहेको डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टले बताए।

मर्मत सम्पन्न गर्न १० लाख रुपैयाँभन्दा बढी खर्च हुने उनले जनाए। मर्मतका लागि निर्माण व्यवसायीबाट दुई र सडक कार्यालयका प्रमुखसहित चार जना प्राविधिक खटिएका छन्। ०५१ साल मंसिर २८ गते उद्घाटन भएको चिसापानीस्थित अत्याधुनिक कर्णाली पुलको स्टिल पार्टको रंगरोगन पुल महाशाखाले यसै आर्थिक वर्षमा गर्ने तयारी गरेको सडक कार्यालयले जनाएको छ।

Godawari sandesh
Navadurga sun

एउटा मात्र टावर भएको, असमानुपातिक केबुल स्टेड प्रकारको यो पुल ५ सय मिटर लम्बाइको छ। यसमा टावरको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर भाग फैलिएको छ। टावरको उचाइ १ सय २० मिटर रहेको छ। फाउन्डेसन १३ मिटर गहिरो छ भने पुलको डेक फलामे स्लेम जडान भएको ट्रस माथि प्रिकास्ट कंक्रिट स्ल्याब जडान गरिएको छ। डबल लेन रहेको यो पुल ११ दशमलव ३ मिटर चौडा छ।

Dadeldhura hospital

२०४४ सालमा निर्माण सुरु गरिएको कर्णाली पुल सात वर्षमा सम्पन्न भएको थियो। पुल निर्माणमा नेपाल, अमेरिका, भारत, थाइल्यान्ड, श्रीलंका लगायत १४ देशका प्राविधिक र कामदार संलग्न थिए।

त्यस बेला पुल निर्माणमा ३६ करोड २४ लाख रुपैयाँ खर्च भएको थियो। पुल निर्माण भएको तीन दशक बितिसक्दा पनि रंगरोगन भएको छैन। बर्सेनि बाढीले पुलमुनि रहेका सिमेन्टका दर्जनौँ ब्लक बगाउने गरेको छ।

ब्लक बगाउँदा नदीले पुलको किनारबाट धार बगाउने खतरा बढेको छ। त्यस्तै, २०६२ साल पुस ७ गते सुरक्षा फौज र माओवादीबीच भएको भिडन्तमा पुलको अधिकांश संवेदनशील भागमा करिब ८०–९० वटा गोली लागेका थिए।

पुलका धेरै स्थानमा खिया लागेको र नट फुस्किएकाले सवारी साधन गुड्दा टावर हल्लिने गरेको छ। यो पुलबाट दैनिक करिब १ हजार साना र ठूला सवारी साधन सञ्चालन हुने गरेको छ। कान्तिपुरबाट

 

Loading...