डडेल्धुराको नवदुर्गा गाउँपालिकाको स्वास्थ्य शाखामा आगलागी

डडेल्धुरा- डडेल्धुराको नवदुर्गा गाउँपालिकाको स्वास्थ्य शाखामा आगलागी भएको छ ।

दुर्गा भवानी सामुदायिक वन क्षेत्रबाट फैलिएको आगोले शनिवार दिउँसो साढे ३ बजेतिर स्वास्थ्य शाखामा क्षति पुर्याएको डडेल्धुरा प्रहरीले बताएको छ ।

डढेलोको आगो हावाको कारण स्वास्थ्य शाखा सम्म पुगेको हो । आगलागीका कारण स्वास्थ्य शाखाको संरचना तथा भित्र रहेका सामग्रीहरूमा क्षति पुगेको जनाइएको छ ।

स्थानीय बासिन्दा, प्रहरी तथा पालिकाको सहयोगमा आगो निभाइएको छ । गाउँपालिकामा दमकल नहुँदा आगो नियन्त्रणमा चुनौती भएको थियो ।

डढेलोको कारण आसपासका अन्य क्षेत्रहरू पनि जोखिममा छन् । स्थानीय प्रशासनले आगलागीको जोखिम न्यूनीकरण तथा सम्भावित थप क्षति रोक्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Loading...